• २०८३ जेठ २५
  • 2026 June 08, Monday

विराटनगरमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

काठमाडौं । विराटनगरमा छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ ।

मोरङको रङेली नगरपालिका–५ धनापट्टी प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि बसेकी आमा मानकीदेवी साहको मृत्यु भएको हो । उनका अनुसार गम्भीर घाइते भएकी ५० बर्सिया मानकी देवीको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधवार राति निधन भएको हो ।

दुर्घटना पछि  २९ वर्षीय छोरा दिनेशकुमार साहले उपचारका लागि आमालाई अस्पताल लगेका थिए । उक्त दुर्घटनामा आमा मानकीदेवीको मृत्यु भएपछि छोरामाथि भने अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।