• २०८३ जेठ २५
  • 2026 June 08, Monday

महानगरपालिकाका विभिन्न क्षेत्रमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

काठमाडौं । शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।

पटक\पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए ।

उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न र नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए । आगामी दिनमा पुनः यस्ता गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताए ।

उनले भने, ‘काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटकरपटक अनुरोध र सूचना निकालेका थियौं । यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरूलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौं । पहिलो पटक भएकाले हामीले संस्थाहरूलाई ५ हजारको दरले जरिवाना गरेका छौं । हामीले ६१ जनालाई लिएर आएका छौं, उनीहरूलाई संस्थावाइज ५ हजारका दरले जरिवाना गर्नेछौं । अटेर गरिरहने हो भने जरिवानाको दायरा बढ्छ।’

महानगरपालिकाकाे अनुसार पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको बताए ।