• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएकाे छ : शेखर काेइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएको बताएका छन्।

शनिबार ट्वीट गर्दै कोइरालाले नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिन भ्रष्टाचारविरूद्ध आम नगारिकसँग एकाकार गर्दै राष्ट्रिय साझा अभियानको थालनी गर्नुपर्ने बताएका छन् ।

कोइरालाले राज्य नै सञ्जाल खडा गरेर मानव तस्करीजस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामू देशको शिर निहुँरिएको टिप्पणी गरेका छन् ।

त्यसकारण राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्ने उनले बताए ।

‘यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दो छ, यसले हामीले दशकौं संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ,’ उनले लेखेका छन्, ‘अब समय आएको छ भ्रष्टाचारविरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने ।’