• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमालेमा संघीयताविरुद्ध आवाज उठ्यो : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले विभाजनको औचित्य पुष्टि गर्न आफूहरूले अझै संघर्ष गर्नुपर्ने बताएका छन्।

नेकपा एसको उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले विद्रोह गरेर पार्टी बनायौँ त्यसको औचित्य पुष्टि भयो कि भएन रु धेरै साथीहरूलाई लागेको छ पुष्टि भएन। यसैका लागि थियो पार्टी विभाजन र स्थापना भन्ने प्रश्न उठेको छ। साँचो कुरा गर्ने साथीहरूले यो कुरालाई गम्भीर रूपमा राख्नुभएको छ।’

उनले विभाजनको औचित्य पुष्टि गर्न नसके अझै संघर्ष गर्न आवश्यक भएको बताए। दुई कम्युनिष्ट पार्टीहरुबीच एकता गर्दा बलियो शक्ति निर्माण हुँदा समेत टिक्न नसकेपछि अहिलेको परिस्थिति आएको टिप्पणी गरे।

उनले भने, ‘असाधारण सन्तुलनका साथ संविधान बनायौँ। अहिले एमालेको बैठकमा संघीयताको बारेमा कुरा उठाए भन्ने छ। त्यो कुनै सोचविचार गरेर उठाएको होइन। हामी त्यहीबाट आएका छौं। एमालेभित्रको प्रतिक्रियावाद बिस्तारै बोल्न थाल्यो। अहिले संघीयताको कुरा गर्छ। धर्म, अधिकार, समावेशी हुँदै अधिकारतिर सर्दै जानेवाला हो।’

०७४ सालले खुलेको ढोका ओलीकै कारणले बन्द भएको बताए। ओलीले संसददेखि पार्टी विघटन गरेर अहिलेको परिस्थितिमा पुगेको बताए।