
काठमाडाैं । फरार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आइतबार बेलुका पक्राउ परिसकेका छन् । उनी पक्राउ पूर्जी जारी भएकाे १० दिनपछि पक्राउ परेका हन् ।
बुढानीलकण्ठस्थित अर्घाखाँचीका एक कार्यकर्ताको घरमा लुकेर बसेकाे अवस्थामा उनी पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ गर्दा टोपबहादुर रक्सी खाएर झुम्मिएको अवस्थामा फेला परेका थिए । स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ ।
रायमाझीले आफूले एक गिलास मात्रै बियर खाएको जवाफ दिए पनि प्रहरीले भने उनी रक्सीमा झुम्म भएको अवस्थामा रहेको बताएको छ ।
यसअघि फरार रहँदा उनले संसद्लाई पत्र पठाएर आफू बिरामी भएको बताएका थिए ।
स्वास्थ्य जाँचपछि रायमाझीलाई राति नै प्रहरीको सोह्रखुट्टे वृत्तमा लगिएको थियो । उनलाई त्यहाँको हिरासतमा राखिएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा अहिलेसम्म १३ जना पक्राउ परेका छन् । टोपबहादुरका छोरा सन्दीप वैशाख २० गते नै पक्राउ परेका थिए ।