
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशंका गरेका छन् ।
प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै बुधबार याे प्रकरण ढाकछोप गर्न खोजे कांग्रेस पार्टी नै अप्ठ्यारोमा पर्ने पनि बताए ।
उनले कांग्रेसले तत्काल बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ ? भन्ने अहिले म भन्न सक्दिनँ । कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ ।’
उनले यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेकाे पनि बताए । उनले भने, ‘दोषीलाई कारबाही हुनैपर्छ खाँण याे मुद्दामा मुछिएपछि उनलाई कांग्रेसले निलम्बन गरेर अघि बढ्नुपर्छ ।’