
काठमाडौं । विवादको पर्याय हो ग्रीन सिटी अस्पताल । कर्मचारीको लापर्वाहीले अस्पतालमा बिरामी मृत्युवरण गर्न समेत बाध्य छन् ।
सधैँजसो विवादमा परिरहने काठमाडौंको बसुन्धरामा रहेको ग्रीन सिटी अस्पतालले केहि दिन अघिपनि बिरामीलाई म्याद गुज्रेको (डेट एक्सपाएर) औषधी खुआएपछि विवादमा परेको छ । विवाद चुलिँदा अस्पतालले भौतिक क्षती बेहोर्नु पर्याे । अस्पतालको सिसाका झ्याल फोडिए माहोल गरामागरम भयो । प्रहरीले त्यो अवस्थालाई साम्य पार्याे ।
विवादसँगै उत्पन्न झडप हुनुको कारण थियो अस्पतालमा भर्ना भएका गोरखाका ६२ बर्षीय लोकनाथ भट्टको मृत्यु । अस्पतालले ती बिरामीलाई म्याद गुज्रेको औषधी खुवायो, ती बिरामीको मृत्यु भयो । मृत्युको कारण म्याद गुज्रेको औषधी भएको भन्दै आफन्तले विवाद उत्पन्न गरेका थिए । मृतकका आफन्तले एड्रेनालिन नामक सिरिन्ज सात पटक घोचिएको बताएका छन् । ति ७ वटै एड्रेनालिन औषधीको म्याद गुज्रिसकेको थियो ।
गम्भीर अवस्थामा रहेका भट्टको औषधी दिएपछि मात्र म्याद गुज्रेको थाहा भयो । फोक्सोमा पानी जमेका कारण उपचार गर्न आएका उनलाई चिकित्सकले म्याद गुज्रेको सिरिन्ज चढाइदिएका हुन् । समाजसेवा गरिन्छ भनेर प्रचारबाजी गर्ने उक्त अस्पताल आफ्नो त्यो स्लोगनलाई भुलेर व्यापार गरेको देखिन्छ । अस्पताल र बिरामी जस्तो संवेदनशिल स्थान र व्यक्तिमा म्याद गुज्रेकाे औषधी दिनु चिकित्सा व्यापार हो ।
मे २०२२ मा उत्पादित मिति उल्लेख भएको यो औषधीको म्याद सकिने मिति अप्रिल २०२३ हो । बिरामीलाई प्रयोग गरिएको औषधीको म्याद सकिएको डेढ महिना बितिसकेको पाइएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट भट्टलाई ग्राीन सिटी पुर्याइएको थियो । ग्रीन सिटीमा उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो । तर गम्भीर अवस्थाका भट्टको उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भयो ।
मृतकका आफन्तले अस्पतालको लापर्वाही भन्दै फार्मेसी तोडफोड गरे । फार्मेसीले औषधी दियो तर फिर्ता लिन मानेन् । कारण थियो एक्सपाएर । एक्सपाएर भएको सिरिन्ज तबमात्र बिरामीका आफन्तले थाहा पाए त्यतीबेला बिरामीको मृत्यु भइसकेको थियो । सिरिन्ज नदिँदै थाहा पाएको भए माहोल अर्कै पो हुन्थ्यो की । कतै बिरामी बच्थे की ? बिरामीका आफन्त आक्रोसित भए । त्यसपछि अस्पताल क्षेत्र तनावग्रस्त बन्यो ।
उपचारका क्रममा साढे दुई लाख रुपैयाँ खर्च भएको छ । यसअघि पनि अस्पतालले म्याद गुज्रेका औषधी प्रयोग गरिरहेको हुन्थ्यो । प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा फार्मेसीमा कार्यरत एक जनालाई नियन्त्रणमा लिएको छ ।