• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पल शाहमाथि के हुन सक्छ सजाय ?

काठमाडाैं । अभिनेता पल शाहविरुद्ध तनहुँ प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दर्ता भएपछि सामाजिक सञ्जाल यतिबेला यही विषयमा तातेकाे छ ।

१७ वर्षीया एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जाहेरी दिएकी हुन् ।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि बलात्कार ठहरिने व्यवस्था छ । सोही कानुनका आधारमा पीडितले जाहेरी दिएकी हुन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई करणी गरे निजले त्यस्तो महिला वा किशोरीलाई जबर्जस्ती करणी गरेको मानिने कानुनी व्यवस्था छ ।

होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई ‘मञ्जुरी’ नमानिनेसमेत कानुनमा उल्लेख छ ।

जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कारबाही गर्ने कानुनी प्रक्रिया छ।

सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी किशोरी भए १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

जाहेरी दर्ता गर्ने किशोरी १७ वर्षकी भएकी हुँदा सोही कानुन आकर्षित हुने देखिन्छ । शाह र ती गायिकाबीच भएको गोप्य कुराकानी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पल शाहले यसअघि नै उनीसँग सहमतिमा शारीरिक सम्बन्ध भएको स्विकार गरिसकेका छन् ।

याे पनि पढ्नुहाेस् :

अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर