• २०८३ जेठ २५
  • 2026 June 08, Monday

काठमाडाैं-डाेल्पा बस सञ्चालन

काठमाडौं । बट्टालियन यातायात प्रालिले आइतबारदेखि नेपालको हिमाली जिल्ला डोल्पामा काठमाडाैंबाट सिधा बस सञ्चालन सुरु गरेकाे छ ।

काठमाडाैंबाट छुटेकाे गाडी सिधा डाेल्पाकाे दुनईसम्म जाने यातायात प्रालिले जनाएकाे छ ।

सार्वजनिक यातायात अन्तर्गत बस सेवा सुरु भएपछि जिल्लाबासीले र काठमाडाैंमा बस्ने डाेल्पाबासीले खुशी व्यक्त गरेका छन् ।

याे यातायात प्रालिले आम सर्वसाधारण यात्रुलाई राम्राे सुविधासहित आरामदायी यात्रा गराउन सहयाेग पुग्ने विश्वास पनि लिएकाे छ ।