• २०८३ जेठ २५
  • 2026 June 08, Monday

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ र धुम्रपान सेवन निषेध

१८ वर्षभन्दा मुनिका बालबालिका र गर्भवती महिलाहरुलाई सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक

काठमाडौं । काठमाडौंमा अब सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन निषेध गरिएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थ र धुम्रपान सेवन गर्नेलाई कारबाही गर्ने जनाएको छ ।

साथै १८ वर्षभन्दा मुनिका बालबालिका र गर्भवती महिलाहरुलाई सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको छ । यदि गरेको पाईएमा कारबाही गरिने उल्लेख गरिएको छ ।