समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ सार्वजनिक

काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ सार्वजनिक भएको छ । गीतमा हरेक मानिसको जीवनमा फरक–फरक किसिमका दुःखकष्ट हुने र त्यसलाई झेल्नुपर्ने प्रसंग उल्लेख गरिएको छ । तर हरेक व्यक्तिलाई आफ्ना दुःख मात्रै ठूलो लाग्ने गरेको तथ्य गीतले उठाएको छ ।

लोकगायक पशुपति शर्माको शब्द रचना तथा संगीत रहेको गीतको विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् । दुर्गा पौडेलको निर्देशनमा गीतमा भिडियो बनाइएको छ । भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

गायक शर्माको युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गीत करिब पाँच लाख भन्दा बढीले हेरिसकिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१