
काठमाडौं । पूर्व मिस नेपाल शृंखला खतिवडाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन् ।
आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गरेकी हुन् । उनले इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै आफूले स्नातकोत्तर उत्तीर्ण गरेको जानकारी दिएकी छन् ।
‘मैले ग्राजुएसन गरें। अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ उनले लेखेकी छन् । उनले परिवारको साथ-सहयोगले आफूले पढाइ पुरा गर्न सकेको बताएकी छन् ।
ग्राजुएसन समारोहमा सहभागी हुन उनका बुवाआमा अमेरिका पुगेका थिए ।