• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बजेट २०८०/८१ : सरकारले गर्‍याे जग्गाको कित्ताकाट फुकुवा

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । अर्थमन्त्रीले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने घोषणा गरे ।

घरजग्गा कारोबारका लागि महानगर र उपमहानगरमा लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्रीले बताएका छन् ।

यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन हुन सकेन ।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाटै वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने अर्थमन्त्रीले घोषणा गरे ।