
काठमाडौं । सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट कटौती गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले, आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गर्दै सो क्षेत्रका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनयोजन जानकारी दिए ।
स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको भन्दै उनले आगामी आर्थिक वर्षका लागि बजेट घटाइएको जानकारी दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आर्थिक बर्षमा ९ अर्व १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।