• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

निःशुल्क उपचार नगर्ने ६८ अस्पताल विरुद्धको उजुरी लिएर मेयर बालेन पुगे स्वास्थ्य मन्त्रालय

काठमाडौं । काठमाडौं महानगरपलिका प्रमुख बलेन्द्र साह ‘बालेन’ले कानून बमोजिम निःशुल्क उपचार नगर्ने माहनगरपालिकाभित्र सञ्चालित आस्पतालको सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।

प्रमुख बालेनले स्वास्थ तथा जनसंख्यामन्त्री महोनबहादुर बस्नेतलाई भेटेरे ध्यानाकर्षण गराएका हुन् ।

महानगरभित्र सञ्चालित सबै अस्पतालले विपन्न एवं लक्षित वर्गका नागरिकलाई कुल शैयाको १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउन महानगरपालिकाले निर्देशन दिएको थियो । तर, महानगरपालिकाको निर्देशन कार्यन्वयन गर्न अस्पताल मानिरहेका छैनन् । सोही बिषय बारे ध्यानाकर्ष गराउन स्वास्थमन्त्री बस्नेत भेट्न प्रमुख बालेन मन्त्रालय पुगे । भेटका क्रममा कानून बमोजिम निःशुल्क उपचार नगराउने ६८ अस्पतालको विवरण प्रमुख बालेनले मन्त्री बस्नेतलाई बुझाएका थिए । अटेर गर्ने अस्पताललाई कारबाही गर्न समेत उनले माग गरेका छन् ।

भेटवार्ता बारे बालेनले सामाजिक सञ्जालमा भनेका छन्,‘स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ ।’

महानगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार विपन्न एवं लक्षित वर्गलाई कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गराउन गत ६ जेठमा निर्देशन दिएको थियो ।