• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति करिब १२ बजे मोटरसाइकल दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा ४५ प ५५४१ नं को मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जानकारी दिए ।

मोटरसाइकल सडकबाट एक सय ५० मिटर तल झरेर पूर्णरुपमा क्षति भएको छ ।