
काठमाडौं । नेपाली भूमि समेटिएको नक्सा भारतीय संसदमा राखेको विरोधमा नेपालमा भारतीय नक्सा जलाइएको छ ।
सत्तारुढ एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूले माइतीघरमा नेपाली भूमि समेटिएको भारतीय नक्सा जलाएको हो ।
अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा उत्रिएका सो संगठन आवद्ध विद्यार्थीले भारतविरुद्ध चर्को नारा लगाएका छन् ।