गठबन्धन धरापमा पुगिसक्याे, अब अगाडि जाँदैन : महामन्त्री थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन अगाडि बढ्नेमा समस्या आइसकेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि महामन्त्री थापाले अब गठबन्धन अगाडि नजाने बताएका हुन् । ‘यो गठबन्धन अघि जाँदैन । धरापमा पुगिसक्यो,’ थापाले भने।

तर, अब नयाँ समीकरण बन्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा कुनै जवाफ दिएनन् ।

गठबन्धनबाट एमसिसी पार नलाग्ने थापाको भनाइ थियो । ‘अब गठबन्धनबाट पार लाग्दैन। एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन,’ थापाले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच साँझ ७ बजे पुन: छलफल हुने पनि थापाले जानकारी दिए । याे छलफलमा पनि कांग्रेस र एमालेका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१