आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४ सय ५० रुपैयाँ तोकिएको थियो ।

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँ पुगेको छ ।

हिजो बुधबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ९५ रुपैयाँ कायम थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१