• २०८३ जेठ २२
  • 2026 June 05, Friday

शनिबार ५१ दिन मनाउँदै ‘जारी’, कमाइ १७ करोड ग्रस

काठमाडौं । गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’ले शनिबार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । २०८० सालमा प्रदर्शनको ५१ औं दिन मनाउने यो पहिलो फिल्म हो । निर्माता रामबाबु गुरुङको अघिल्लो फिल्म ‘कबड्डी ४’ले पनि यो उपलब्धि हासिल गरेको थियो ।

फिल्मले मुलुकका प्रमुख मल्टिप्लेक्समा यो उपलब्धि हासिल गरेको कार्यकारी निर्माता मणिराम पोखरेलले बताए । ‘चाँडै नै भव्य समारोह आयोजना गरेर यो सफलतामा साथ दिने सबैलाई सम्मान व्यक्त गर्नेछौं,’ उनले भने । ५१ औं दिनको संघारमा पनि यो फिल्म क्यूएफएक्समा तीन शो, बिग मूभिजमा एक शोसहित चलिरहेको छ ।

उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले लिम्बू समुदायमा रहेको जारी प्रथा र विवाह संस्कृतिको कथालाई पेश गर्छ ।

चलचित्र विकास बोर्डका अनुसार फिल्मले पछिल्लो बुधबारसम्म १४ करोड २० लाख २२ हजार नेट (१६ करोड ७५ लाख ८५ हजार ) ग्रस कमाइ गरेको छ ।