• २०८३ असार १३
  • 2026 June 27, Saturday

४ दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । ४ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल आइपुगेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रतिनिधिमण्डलको टोलीसहित जेठ १७ गते भ्रमणमा गएका उनी शनिबार साँझ नेपाल आइपुगेका हुन्।

दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा प्रचण्डलाई भारतीय विदेश मन्त्रालयका विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी थिइन्।

चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता भएका छन्।

उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग पनि भेट गरेका थिए।

साथै, भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए।