
काठमाडौ । तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आइतबार भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।