• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रोफेशनल् एजुकेशन कन्सल्टेन्सीद्धारा Ultimate Test Preparation Session सम्पन्न

काठमाडाै‌ । नयाँ बानेश्वरस्थित professional Education Consultancyले यसै साता आफ्नौ कार्यालयमा Ultimate Test Preparation Sessions सम्पन्न गरेको छ ।

उच्च शिक्षा हासिल गर्न बिदेश जान चाहने विद्यार्थीहरूलाई test preparation को बारेमा जानकारी गराउने उदेश्यका साथ professional Education Consultancyले सो कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रममा British council नेपाल, ETS र pearson का प्रतिनिधिहरुले विद्यार्थीहरूलाई PTE, IELTS, SAT र TOEFL का बारेमा जानकारी प्रदान गरेका थिए ।

बिशेषत US, Canada, UK Ireland, अष्ट्रेलिया जस्ता अङ्रेजी भाषा बोलिने देशहरुमा अध्ययनगर्न जानको लागि विद्यार्थीहरुलाई अङ्रेजी भाषाको राम्रो ज्ञान हुन जरुरी छ। सोही कुरालाई मध्यनजर गर्दै कुन देशमा, कस्तो बिषयमा अध्ययन गर्नको लागि कस्तो test preparation गर्ने साथै कसरी राम्रो अंक प्राप्त गर्ने भन्ने जानकारी विद्यार्थीहरुले उक्त सेसनबाट पाएक थिए। कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो। कार्यक्रम भब्य तथा सब्यरुपमा सम्पन्न भएको आयोजकले जानकारी गराएको छ ।