
काठमाडाैं । शुक्रबार बिहान देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण माैसम धुम्मिएकाे र बेलुकीपख पानी पर्ने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ । यस्तै, शुक्रबार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात पनि हुने अनुमान छ ।
राति पनि यी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेकाे माैसमविद्ले बताएका छन् ।
पश्चिमी न्यून चापीय प्रणालीको असर शनिबारसम्म रहने छ । आइतबारदेखि भने माैसम सफा रहने माैसमविद्हरुकाे पूर्वानुमान छ ।