‘अखण्ड भारत’ को नक्सामा बंगलादेशको एक्सन, नेपाल र पाकिस्तानमा विरोध

काठमाडौं । भारतले नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे पाकिस्तान, नेपाल विरोध मात्र जनाएका छन् । भने बंगलादेश एक्सनमै उत्रिसकेको छ ।

दुई देशले विरोध जनाउँदा बंगलादेशले स्पष्टीकरण माग्ने भएको छ । बंगलादेशले भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताएका छन् ।
भारतले राखेको अखण्ड भारत नक्सालाई लिएर नेपाल र पाकिस्तानमा समेत विरोध भैरहेको छ । अखण्ड भारत नक्सामा नेपाल, पाकिस्तान र बंगलादेशका भूभाग समेत समेटिएपछि यस्को विरोध भैरहेको हो । यद्यपी भारतले यो नक्सालाई साँस्कृतिक नक्सा भएको तर्क दिएको छ ।

बंगलादेशको विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका नेताले उक्त नक्सा ‘बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा’ भनेर वर्णन गरेको दुई दिन पछि विदेश राज्यमन्त्री आलमको यो टिप्पणी सार्वजनिक भएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१