
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश नेता उत्पादन गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् ।
बुधवार प्रतिनिधिसभामा बजेटमाथि आफ्नो धारणा राख्दै उनले नेपालमा विकासको नाममा नेता उत्पादन र मन्त्री र सांसदको सङख्या बढाउने मात्र काम भएको टिप्पणी गरे ।
उनले देशको सबै ठाउँमा उत्पादन लसुन, प्याज , खुर्सानीमा कर लगाएर बाहिर बाट ल्याउनु पर्ने भन्दै गुनासो पोखे ।
उनले भने, ‘अहिले सरकारले लसुन प्याज खुर्सानीमा कर लगाएको छ । हिमाल पहाड तराई सबै ठाउँमा हुन्छ यो । सबै बाहिरबाट ल्याउनु पर्ने । अहिलेसम्म हामीले नेपालमा विकास गरेको भनेको नेता उत्पादन गरेको हो । मन्त्री र सांसद बढाएको मात्र हो ।’
उनले खर्च घटाउनका लागि मन्त्री र सांसद घटाउनु पर्ने भन्दै संघीयता खारेज गर्न आग्रह गरे ।
उनले सत्तामा रहँदा सबैले राम्रो देख्ने र प्रतिपक्षमा बस्ना साथ नराम्रो देख्ने बानीले बदिएको बताए ।