गायक यश कुमारको गित ‘ गाह्रो छ’ सार्वजनिक

काठमाडौं । गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको नयाँ गीत ‘गाह्रो छ’ सार्वजनिक भएको छ । बेगम नेपालीको शब्द, ऋषि खड्काको सङ्गीत रहेको गीतमा कमल सौरागको एरेन्ज छ ।

गीतको भिडियोमा रियाशा दाहाल र बेगम नेपाली ‘भटभटे माइला’को अभिनय छ । रोमान्टिक शैलीको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ ।

बेगम फिल्मस्को व्यानरमा निर्माण भएको भिडियोको छायाङ्कन कुलेखानीमा गरिएको छ । काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा प्रवीण भट्टको सम्पादन र अजय रेग्मीको छायाङ्कन रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१