
काठमाडाैं । यतिबेला सामाजिक संजालमा नेपाली कलाकारहरुको विभिन्न रुपसहितको तस्वीर हेर्न सकिन्छ । नायिका प्रियंका कार्कीदेखि स्वस्तिमा खड्का, नीति शाह, ऋचा शर्मा र नायक प्रदीप खड्काले यस्ता तस्वीहरु शेयर गरिरहेका छन् ।
झट्ट हेर्दा कुनै फिल्मको तस्वीर जस्तो लागेपनि यी तस्वीहरु एआई प्रविधिबाट बनाइएको हो । एआई प्रविधिमा कलाकारका विभिन्न तस्वीरलाई संयोजन गरेर तयार पारिन्छ ।
यसलाई नेपालीमा कृत्रिम बौद्धिकता समेत भन्ने गरिन्छ । कृत्रिम रुपमा एआई प्रविधिबाट तयार पारिएका तस्वीरहरुमा कलाकारहरु मख्ख परिरहेका छन् ।
उसो त, एआई प्रविधिबाट तस्वीर तयार पार्दा डिजाइनरले तयार पारेका पोष्टरहरु नै भोलीका दिनमा ओझेलमा पर्ने हुन् कि भन्ने खतरा पनि बढेको छ ।