• २०८३ जेठ २२
  • 2026 June 05, Friday

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग, प्रदेश प्रमुखको कार्यालय घेराउ

काठमाडौं । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् ।

मंगलवार कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने माग सहित कार्यालय घेराउ गरेका हुन ।

उनीहरुले मुखमा र आँखामा कालो पट्टी बाधेर विरोध जनाएका थिए । यस अघि हिजो प्रदेश सभा भवन घेराउ गरिएको थियो ।

२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गरेको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय उल्ट्याएर सरकारले १०० शैय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको थियो ।