आईसीसी एकदिवसीय विश्वकप छनोट : नेपाल जिम्बाबेसँग पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल जिम्बाबेसँग पराजित भएको छ ।

आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको हो ।

२९१ रनको लक्ष्य जिम्बाबेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायाे ।

नेपालका बलरहरु सोमपाल कामी र गुलशन झाले एक-एक विकेट लिनुबाहेक अरु बलर चल्न सकेनन् ।

जिम्बाबेसामु बलियो योगफल बनाए पनि नेपालका मुख्य बलरहरु नै महँगा साबित भए ।

स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ७७ रन खर्चिए । १० ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ५८ रन खर्चिए ।