
काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
गत कारोबार दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।