आज देखि साफ च्याम्पियनसिप सुरु, नेपाल र कुवेत भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप १४ औं सस्करण आज बुधबारदेखि भारतमा सुरु हुँदैछ ।

भारतको बैंगलुरु स्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने साफ च्याम्पियनसिपमा आठवटा राष्ट्रको सहभागिता रहने छ । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४औं संस्करण हो । उद्घाटन खेल नेपाली समयअनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ’ए’ मा रहेको नेपालले बुधबार कुवेतको सामना गर्दैछ ।

नेपालले आफ्नो दोस्रो खेल असार ९ गने भारतसँग खेल्नेछ भने तेस्रो तथा अन्तिम खेल असार १२ गने पाकिस्तानसँग खेल्नेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१