जापान । निलुवा समाज जापानको भेटघाट तथा अतिथि सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ जिल्ला गलकोटको ‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ याे संस्था सन् २०१५ मा स्थापना भएकाे हाे ।
कार्यक्रम जापान भ्रमणकाे सिलसिलामा रहेकी निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा हालका सल्लाहकार चेतराम सुवेदीकाे ममतामयी आमा फूलकुमारी सुवेदीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । यसैगरी, अतिथिमा संस्थापक महासचिव भविश्वर सुवेदीलगायत थिए ।
कार्यक्रममा प्रमुख अतिथि फूलकुमारी सुवेदीलाई वरिष्ठ उपाध्यक्ष रामु खत्री उपाध्यक्ष जीआर सुवेदी तथा संस्थापक महासचिव भविश्वर सुवेदीले खादा र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको महासचिव भुमिराज सुवेदीले जानकारी दिए ।

यसैगरी, उक्त कार्यक्रममा संस्थाको भावी कार्यनीतिलगायत विभिन्न विषयमा छलफल पनि भएकाे संस्थाका सचिव विपी सुवेदी ‘जलन’ले जानकारी दिए ।
मन्तव्य राख्ने क्रममा संस्थाका प्रवक्ता दीपक सुवेदी ‘विप्लव’ले जन्मभूमि र देशप्रतिको मायाममता, एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पूरा गरेको दायित्वले आउने पुस्तालाई प्रेरणा, हौसला र समाजमा उपलब्धिमूलक कार्यहरूलाई व्यवस्थित रूपमा योजनाबद्द ढंगले काम गर्नको लागि कार्य समिति मौन बसेकाे भन्दै अब जागरुक भएर लाग्नुपर्ने बताए ।
भेटघाट तथा सम्मान कार्यकम शिन यकोहामा रहेको इन्डियन नेपाली रेस्टुरेन्ट सनराइजमा गरिएको थियो । सम्मान कार्यक्रममा मानिसहरुकाे बाक्लो उपस्थिति रहेको महिला सदस्य सञ्जु खत्रीले बताइन् ।
समाजका वरिष्ठ उपाध्यक्ष रामु खत्रीको सभापतित्वमा भएको सम्मान तथा भेटघाट कार्यक्रम संस्थाका महासचिव भूमिराज सुवेदी ‘ठिटो’ले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव विपी सुवेदी ‘जलन’ले राखेका थिए ।