देशविदेशबाट आएको सहयोग यातायात मन्त्री ज्वालाले बुझाए घाइते सुनिता बोहोरालाई

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला देशविदेशबाट आएको सहगोग लिएर सुनिता बोहोरासंग भेट गरेका छन् ।

बुधबार काठमाडौंको ट्रमा सेन्टरमा पुगेर सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले २ लाख १९ हजार ४ सय ५४ रुपैंया बोहोरालाई सहयोग गरिएको जानकारी दिए ।

उनले भने ‘ यातायात समितिले हेर्नु पथ्र्यो तर पटक पटक जानकारी गराउँदा पनि उपचार खर्चमा हेरेन । आफुले सकेको सहयोग गरेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहान्छु । यसले उहाँको उपचारमा मद्धत पुग्नेछ ।

देश विदेशबाट आएको सहयोगले उपचारमा मद्धत पुग्ने र छिटो निको हुने अपेक्षा लिएको मन्त्री ज्वालाको भनाइ थियो ।

यातायात व्यवसायी समितिले घाइते सुनिताको दुर्घटनाको उपचार खर्च नब्यहोरे पछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको हो ।

गत असोज १५ गते सल्यानको कुमाख गाउँपालिका-७ जिमालीमा भएको जिप दुर्घटनामा परि घाइते भएकी १७ बर्षीया सुनिता बोहोराको आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको छ ।

असोज १६ गते कुमाख गाउँपालिका-७ डुमकोटबाट खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने सुनिता सहित १९ जना घाइते भएका थिए । घाइते मध्ये सुनितालाई गम्भीर चोट लागेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१