रवीना देशराजले गरिन् बिहे (तस्बिरहरू)

काठमाडौं । सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी रवीना देशराज श्रेष्ठ विवाह गरेकी छन् ।

उनले बिहीबार बेलायती नागरिक स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् । उनी विश्व वन्यजन्तु कोषमा कार्यरत छन् ।

विवाहकै लागि भनेर च्यापम्यान गतसाता छोरीसहित बेलायतबाट नेपाल आएका थिए ।

रवीनाकी बुहारी तथा अभिनेत्री प्रियंका कार्कीले इन्स्टाग्राममा विवाहको केही भिडिओ सार्वजनिक गरेकी छन् ।

उनीहरूको विवाह समारोहमा रवीनाका छोरा आयुष्मान, आशीर्मान, बुहारी प्रियंका कार्की, नातिनी, स्टुआर्टकी छोरीलगायतको उपस्थिति थियो ।

उनीहरूले गतवर्ष प्रेम दिवसको अवसरमा इन्गेजमेन्ट गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१