शिल्पा मास्केको फिल्म ‘परस्त्री’ को गीत सार्वजनिक (भिडिओ)

काठमाडौ‌ । सुरज पाण्डे डेब्यू निर्देशित फिल्म ‘परस्त्री’ को लिरिकल भिडिओ गीत सार्वजनिक भएको छ ।

फिल्मकी मुख्य पात्र आध्याको जन्मदिनको सेटअपमा तयार पारिएको ‘जीवन भनेको’ बोलको गीत सार्वजनिक गरिएको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव विष्टका चल अचल दृश्यहरु समावेश गरिएको छ ।

केके ब्रोदर्सको स‍ंगीत तथा शब्द रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दीमा रिलिज हुनेछ ।

विवाहोत्तर सम्बन्धले निम्त्याउने समस्यालाई देखाइएको फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ ।

यो फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो । फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखक समेत हुन् ।

निरज कँडेलले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन् । यो फिल्म असार १५ गतेदेखि प्रदर्शन हुँदैछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१