
भारतको ओडिसामा एकआपसमा दुई बस ठोक्किँदा १२ जनाको मृत्यु भएको छ ।
यात्रुबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएको एनडि टिभिले जनाएको छ ।
ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।
ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।