* यसअघि जाहेरी दिइएको प्रहरी कार्यालयको नाम फरक पर्न गएकाले सच्याइएको छ ।

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित नवलपरासीकाे गैंडाकाेट पुगेकी छन् ।
शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।
जाहेरीमा ७ चैतमा चितवनको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । प्रहरीले जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्र दर्ता हुने/नहुने टुंगो लगाउने बताएकाे छ ।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा पीडित गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरीपछि फरार भएका शाह आइतबार आफैँ तनहुँ प्रहरीमा उपस्थित भएका थिए ।