कक्षा १२ को नतिजा साउन महिनामै सार्वजनिक हुने

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आगामी साउन महिनामा आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्ष १२ को वार्षिक परीक्षाको नतिजा साउनको अन्तिम हप्ताभित्र सावर्जनिक गर्ने जनाएको हो । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो । त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ ।

सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१