मैले दसैंमा बिहे गर्न लागेको खबर झुटो हो : अभिनेत्री पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्मा यति बेला विवाहको कुरालाई लिएर चर्चामा छिन् ।

आगामी विजया दशमीमा उनले प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर बाहिरिएको छ । यसपटक कात्तिक ७ विजया दशमी परेको छ । तर उनले दसैंमा विवाह गर्ने तयारी नभएको बताइन् ।

‘मेरो बिहेको कुरा मलाई थाहा छैन । दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो । कात्तिकमा पनि बिहे हुन्छ र ! उनले भनिन् ।

पूजा आफ्नो प्रेमीसँग झम्सिखेलमा ‘ट्याग’ होटल सञ्चालनमा ल्याउने तयारीमा छिन् ।

पूजा हाल फिल्म ‘दान्भी’ को छायांकनमा व्यस्त छिन् ।  फिल्म ‘दान्भी’ मा एक्सन अवतारमा देखिने भएकी छन् ।

रूपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय रहनेछ ।

उनी लभ स्टोरी फिल्ममा रूचाइएकी अभिनेत्री हुन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी’ जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन् ।

योसँगै उनी रेखा थापाको फिल्ममा पनि देखिनेछिन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१