• २०८३ जेठ २२
  • 2026 June 05, Friday

हिरोईज इन्टरनेश्नल तेक्वान्दो च्याम्पीएनसिपमा नेपालले जित्यो एक स्वर्ण र दुई रजत पदक

छैठौं ‘हिरोईज इन्टरनेश्नल तेक्वान्दो च्याम्पीएनसिप’ मा नेपालले एक स्वर्ण र दुई रजत पदक जितेको छ ।

थाइल्याण्डको राजधानी ब्याङ्ककमा भएको प्रतियोगितामा विशाल कडेलले मास्टर्स समुहको पोम्साई विधामा स्वर्ण पदक जितेका हुन् । साथै उनले ८० केजी तौल समुहमा रजत पदक हात पारेका छन् ।

इन्टरनेश्नल मास्र्टस समुहको पोम्साई प्रतियोगितामा नेपाली खेलाडी विश्वास अर्यालले रजत पदक जितेका छन् । विशाल र विश्वासले यसअघि पनि बिभिन्न अन्तर्राष्ट्रिय पदकहरु हात पारिसकेका छन् ।