
काठमाडाैं । आइतबार नयाँ बानेश्वरमा मन्त्रिपरिषद् बैठक बसेकाे छ । कार्यव्यवस्था परामर्श समितिको हलमा मन्त्रिपरिषद्को बैठक ६ मिनेट बसेर सकिएकाे हाे ।
बैठकले एमसिसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभाको दोस्रो बैठकमा मन्त्रिपरिषद्को उक्त निर्णय प्रस्तुत गरिनेछ ।
त्यसपछि एमसिसी सम्झौतामा विस्तृत छलफल हुने र मतदानको प्रक्रिया सुरू गर्ने गरी तयारी भइरहेको छ ।