
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीकाे चर्काे विराेध गरेका छन् ।
दोस्रोपटक जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले हताहतार पारित गर्न खोजेको भनेर विरोध गरे । उनले भने, ‘व्याख्यात्मक घोषणा होइन, यो भ्रमात्मक घोषणा हो।’
दोस्रोपटक बसिरहेको प्रतिनिधि सभाको बैठकबाट एमसीसी पारित गर्ने प्रक्रिया सरकारले अघि बढाइरहेको छ । यसअघि पनि रावलले एमसीसी पारित हुन नहुने बताइरहेका थिए ।
उनले एमसीसी राष्ट्रघाती भएकाे र यसकाे पुष्टि गर्न सक्ने प्रधानमन्त्रीसमक्ष चुनाैती पनि दिए ।
उनले प्रधानमन्त्री र उनका सल्लाहकारलाई एमसीसीका दफाहरुमा बहसमा आउन चुनौती दिएका हुन् । राष्ट्रियताको विषय जोडिएको सम्झौतालाई हतारहतार पारित गर्नु देशप्रतिको नाङ्गो षडयन्त्र भएको उनको भनाइ छ ।
महाकाली सन्धिका क्रममा पास भएको संकल्प प्रस्ताव कहाँ छ ? भनेर रावलले प्रधानमन्त्री देउवासमक्ष प्रश्न समेत गरेका छन् ।