• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अभिनेता सारुक ताम्राकारले गरे आफ्नै घरमा आत्महत्या

काठमाडौं । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् ।

उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

आमा बुबासँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् । उनको शवलाई पोष्ट मार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्जमा लगिएको छ ।

उनी पछिल्लो समय ‘ह्यासट्याग माया’ भन्ने फिल्ममा अभिनयरत थिए । उक्त फिल्मको हाल ४५ प्रतिशत मात्र छायाङ्कन सकिएको छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए ।

उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्ममा अभिनय गरेका थिए ।