• २०८३ जेठ २२
  • 2026 June 05, Friday

गरिमाको ‘हल्का हल्का माया बस्यो कि’ बोलको गीत सार्वजनिक

काठमाडौं । मोडल गरिमा शर्मा अब म्युजिक भिडियोको निर्मात्री पनि बनेकी छिन् । गरिमाले निर्माण गरेको ‘हल्का हल्का माया बस्यो कि’ बोलको गीतको भिडियो उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

पुष्पन प्रधानको शब्द तथा संगीतमा तयार भएको यो रोमान्टिक गीतमा पुष्पन र अनु अधिकारीको स्वर छ । भिडियोलाई निकेश खड्काले तयार पारेका हुन् । भिडियोमा मोडल गरिमा शर्मा र  प्रभात पाल ठकुरीको अभिनय छ ।

यी दुइको केमेष्ट्री भिडियोमा गज्जबको देखिएको छ । दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ ।

भिडियोमा प्रभात र गरिमा रोमान्टिक देखिएकी छिन् । युवक र युवतीको भेट भएपछि बढ्ने आकर्षणको कथालाई निकेशले भिडियोमा उतारेका छन् ।