काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला १ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला ७ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।