
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विश्वविद्यालय क्योन्डरलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका छन् ।
विहीबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अस्तव्यत विश्वविद्यालय शिक्षालाई व्यवस्थित गर्ने शैक्षिक क्यालेन्डर निर्माण गरिने बताए ।
‘विश्वविद्यालयको पठन पाठन परीक्षा संचालन र नतिजा प्रकाशनलाई समयवद्ध रुपमा संचालन गर्न सबै विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर बनाई कार्यान्वयनमा ल्याइने र विश्वविद्यालय अनुदान आयोगबाट सो को अनुगमन हुने व्यवस्था मिलाइने छ । ’ उनले भने ।
शिक्षामा अनलाईन तथा भर्चुअल सिकाई योजना अन्र्तगत पाठ्यक्रममा आधारित भर्चुअल सामग्री उत्पादन थालिएको उनको भनाई छ ।
त्यस्तै शिक्षालाई सीपमूलक बनाउने प्रयास थालिएको उनको भनाई छ । उनले भने ‘शिक्षामा युवालाई छोटो अवधिको रोजगारमूलक तालीम दिने कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको छ । सरकारले बालविकास शिक्षक प्रत्येक सामुदायीक विद्यालयका १—१ जना विद्यालय सहयोगि कर्मचारी र प्रत्येक माध्यमिक विद्यालयमा थप १ जना सहायक कर्मचारी गरी ३६ हजार कर्मचारी व्यवस्था गर्न एकमुष्ट अनुदान उपलब्ध गराएको छ । ’
शिक्षक कर्मचारीको समस्या समाधानका लागि वार्ता टोली गठन गरी काम अघि बढाइएको उनको भनाई छ ।
हाल सामुदायीक विद्यालयमा ५३ हजार शिक्षक दरबन्धी थप गर्नु पर्ने अवस्था भएको उनको भनाई छ ।