
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको मजाक उडाएका छन् ।
गत आइतबार एक पत्रकार सम्मेलनमा बाेल्साेनाराेले युक्रेनी नागरिकहरुले आफ्नो आशा हास्य कलाकारको हातमा राखेकाे टिप्पणी गरेका हुन् ।
बोल्सोनारोले रुसको आक्रमणको निन्दा गर्न अस्वीकार गरे । ब्राजिल यस द्वन्द्वका विषयमा तटस्थ रहने बताए ।
उनले ब्राजिल र रुस व्यावहारिक रूपमा सहाेदर रहेकाे पनि जानकारी गराए । ‘हामी कसैकाे पनि पक्ष लिनेछैनौँ, हामी तटस्थ रहनेछौँ’ बोल्सोनारोले भने ।
उनले आइतबार रुसका राष्ट्रपति पुटिनसँग २ घन्टा छलफल भएको दाबी पनि गरे । छलफल मस्काे भ्रमणका सन्दर्भमा भएकाे पनि स्पष्ट उनले स्पष्ट पारे ।