• २०८३ असार १४
  • 2026 June 28, Sunday

कांग्रेस बैठक : गगनले पेश गरे २१ पृष्ठको प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी छ ।

बैठकमा पार्टीका सभापति, उपसभापति, महामन्त्रीद्धय तथा अन्य पार्टी केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको छ ।
बैठकमा उपसभापति, महामन्त्रीहरूले पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयमा प्रस्ताव पेश गरेका छन् ।

महामन्त्री गगन थापाले विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणका सन्दर्भमा सांगठानिक कार्यतालिका प्रस्तुत गरेका छन् । उनले दुई-दुई महिनामा बैठक राख्नुपर्ने, भदौ १५ सम्म सबै विभागलाई पूर्णता, २२ वटा विभाग थप्नेलगायतका प्रस्ताव अघि सारेका छन् ।

गगनले प्रस्तावमा नीति महाधिवेशनको कुरा उठाएपनि गते भने खाली राखेका छन् । साउन २० देखि भदौ १ सम्म संगठन सुदृढीकरण केन्द्रित अभियान, भदौ १० देखि २४ सम्म समुदायसँग संवाद, मंसिर १५ देखि दुई महिना घरघरमा कांग्रेस अभियानको प्रस्ताव अघि सारिएको छ ।

राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ ।

पूर्णपाठ