• २०८३ असार १४
  • 2026 June 28, Sunday

अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्था भए मधेशमा कांग्रेस सकिन्छ : सभापति यादव

काठमाडौं । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्था भए मधेशका कांग्रेस सकिने धारणा राखेका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै यादवले मधेशमा संगठन जिरो भएको र मधेशमा नेविसंघ र युवाहरूको पकड नभएको बताए ।

‘ नेविसंघ र युवाहरूको हाम्रोमा पकड छैन । युवा संघ हाम्रो हातबाट निस्क्यो भने बुढापाकाले मात्र सम्हालेर नेपाली कांग्रेस चल्दैन् । अनलाइन सिस्टम एकदम सराहनीय र राम्रो छ । डिजिटल कांग्रेस हुनुपर्छ तर मलाई अलिकति डर लागेको छ । अनलाइन सिस्टमबाट गयो भने कांग्रेसलाई सिध्याउने खेल हुन्छ ।’

सभापति यादवले प्रदेशलाई बाइपास गरेर सबै जिम्मेवारी जिल्लालाई मात्रै दिने भए प्रदेशको संरचना खारेज गर्न आग्रह समेत गरे ।